कांग्रेसले बोलायो संसदीय दलको बैठक


 


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्नेछ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्