कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता


 


चितवन, असोज १४ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेडबीच आइतबार विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फ बाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने भएका छन् ।

सिओएमएस माउपचार गर्दा औÈधि, सिटिस्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेत २०∞ सम्म कोछुट पाउने छन् ।

प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लिमिटेडको नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरहरु छन् ।

“बिश्वास लिन्छौं विश्वास दिन्छौं” मुल नाराका साथ करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधीमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्