विपदबाट क्षति बेहोरेका धादिङ र काभ्रेका सीडीओ मन्त्रालय तानिए


 


काठमाडौँ, असोज १४ । विपद्मा बढी क्षति बेहोरेका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ ।

धादिङका राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँलाई प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको हो ।

गृहले धादिङमा सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्