दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेण्डा


 


काठमाडौँ, असोज १४ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्