बाढी पहिरोमा मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० बेपत्ता


 


काठमाडौं, असोज १४ । अविरल वर्षाका कारण भएको बाढीपहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या हालसम्म एक सय ९२ पुगेको छ ३० जना बेपत्ता भएका छन् ।

यसमै परी एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनले यो अवधिमा चार हजार पाँच सय भन्दा बढी .को उद्धार गरिएको बताए ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको उनले बताए ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्