आजको मौसम : कहाँ कस्तो छ वर्षाको सम्भावना ?


 


काठमाडौं, असोज १४ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली छ । देशका केही भूभागमा सोमबार पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्