विजयादशमीको टीकाको साइत सार्वजनिक, कहाँ कुन साइत उत्तम ?


 


काठमाडौं, असोज १४ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको साइत शुभसाइत सार्वजनिक गरिएको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए ।

उनका अनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत उत्तम छ भने भारतको दिल्लीका लागि १२ अक्टोबर बिहान ११ः४२ बजेका लागि साइत निकालिएको छ ।

यस्तै अमेरिकाको न्यूयोर्कमा १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकीमा १०ः३९, वोवेन्स्वोरोक, केन्टुकीमा बिहान ०९ः४५, टेक्सासमा बिहान १०ः०५, वासिङ्टन डीसीमा ०९ः५५ र क्यालिफोर्नियाका लागि बिहान ०९ः३९ बजेको समय उत्तम रहेको समितिले जनाएको छ ।

यसैगरी क्यानडाको टोरन्टोका लागि बिहान १०ः१५ र भ्यानकुभर, क्यानडाका लागि १०ः२७ बजेको साइत उत्तम रहेको समितिले बताएको छ । पोर्चुगलको लिस्बनका लागि बिहान १०ः२४, बेलायतको लण्डनका लागि बिहान १०ः२१, फ्रान्सको पेरिसका लागि बिहान १०ः२३, नर्वेको आस्लोका लागि बिहान १०ः१९, मलेसियाको क्वालालम्पुरका लागि बिहान ११ः५७, युनाइटेड अरब इमिरेट्सको अबुधावीका लागि ११ः४५, कतारको दोहाका लागि बिहान ११ः०५ र थाइल्याण्डको बैंककका लागि बिहान ११ः२१ बजे उत्तम साइत छ ।

यस्तै साउदी अरेबियाका लागि बिहान ११ः२३, म्यानमारका लागि बिहान ११ः२१, स्वीट्जरल्याण्डको जेनेभामा बिहान ११ः५५ र माल्टामा बिहान १०ः४५ बजे उत्तम साइत रहेको समितिले जनाएको छ ।

यस्तै अन्य केही देशमा रहेका नेपालीका लागि विजयदशमीको टीकाको साइत अक्टोबर १३ मा निकालिएको छ । जापानको टोकियोका लागि अक्टोबर १३ बिहान ११ः३५, अष्ट्रेलियाको सिड्नीका लागि ११ः२१,अष्ट्रेलियाको मेलबर्नका लागि ११ः२७, अष्ट्रेलियाको ब्रिसवेनका लागि ११ः२९, अष्ट्रेलियाको क्याबेराका लागि ११ः१५, न्युजिल्याण्डको वेलिङ्टनका लागि १ः२५ बजेको साइत उत्तम रहेको छ ।

हङकङका लागि बिहान ११ः४३, दक्षिण कोरियाको सियोलका लागि बिहान ०९ः१५, याङ्गुन, विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्