झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो


 



धादिङ, १३ असोज । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ ।

पहिरो हटाइपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ ।

पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

“पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्”, उहाँले भन्नुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । शनिबार उक्त स्थानमा तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्