पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणमा सात श्रमिकको हत्या


 



कराँची । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सशस्त्र समूहले सात जना मजदुरको गोली हानी हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।

पञ्जाब प्रान्तबाट कामका लागि बलुचिस्तान प्रान्त गएका मजदुरमाथि पञ्जगुर जिल्लामा रहेको एक घरमा राति आक्रमण भएको थियो ।

प्रान्तीय राजधानी क्वेटास्थित बलुचिस्तान प्रहरीका प्रमुख मोअज्जम जाह अन्सारीले भन्नुभयो, “सात जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।”

बलुचिस्तान पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो । प्रयोगहीन प्राकृतिक स्रोतहरूको प्रचुरताको बावजुद, यहाँ पृथकतावादी समूहहरूले सुरक्षा बलका साथै छिमेकी प्रान्तका पाकिस्तानीहरूमाथि आक्रमण गर्ने गरेका छन्।

पाकिस्तानका छ वटा मुख्य जातीय समूहहरूमध्ये पञ्जाबीहरूको सबैभन्दा ठूलो समूह छ र उनीहरूलाई व्यापार, सरकार र सेनाको दर्जामा हावी मानिन्छ।

गत अगस्टमा बलोच लिबरेशन आर्मी ९बीएलए० ले यस क्षेत्रमा भएको सबैभन्दा भयानक गोलीकाण्डमा कम्तीमा ३९ जनाको ज्यान जाने गरी भएको समन्वित आक्रमणको दाबी गरेको थियो ।
रातभरको आक्रमणका क्रममा लडाकूहरूले राजमार्गमा कार रोकेर छिमेकी प्रान्तबाट आएकाहरूको हत्या गरेका थिए।

गत अप्रिलमा नौश्की शहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको मृत्यु भएको थियो भने मे महिनामा हजामका रूपमा काम गर्ने छ जना पञ्जाबीलाई गोली हानी हत्या गरिएको थियो ।

सन् २०२१ मा छिमेकी मुलुक अफगानिस्तानमा तालिबान सरकार सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रमा आतङ्कवादी आक्रमणमा वृद्धि भएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्