खोक्रो राष्ट्रवादले मुलुकको हित हुँदैन – देउवा


 


काठमाण्डौ ,माघ २०

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोक्रो राष्ट्रवादले मुलुकको हित नहुने प्रष्ट पारेका छन। राजधानीमा आज भएको कार्यक्रममा देउवाले एमालेको खोक्रो राष्ट्रवादका कारण मुलुकले निकास पाउन नसकेको दावी गरे । संविधान सम्शोधन प्रस्ताव पारित गरेर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै सभापति देउवाले खोक्रो राष्ट्रवाद त्यागेर सहयोग गर्न एमालेलाई आग्रह गरे ।

कांग्रेस ठुलो र प्रजातान्त्रिक पार्टी भएकाले अन्य दलालाई पनि प्रजातान्त्रिक चरित्रको धारमा ल्याउनु कांग्रेसकै जिम्मेवारी भएको भन्दै उहाँले मधेसी जनताको भावनालाई समय सापेक्ष संविधानमा परिमार्जन आवश्यक रहेको बताए । निर्वाचन गर्नुको बिकल्प दलहरुसंग नभएको भन्दै देउवाले सहमतिमा निर्वाचनको मिति घोषणा गर्न ढीलाई गर्न नहुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले मधेसी मोर्चालाई एकीकृत गरेर अगाडि बढ्नु सबै राजनीतिक दलको दायित्व भएको बताए । देउवाले निर्वाचन घोषणा गर्न सरकारले तयारी गरी रहेको जानकारी समेत दिए ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्