उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह


 



विराटनगर, १३ असोज । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहनुभएका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गर्नुभएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै उहाँले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।”

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्