काठमाडौं महानगरपालिकाकी वरिष्ठ शाखा अधिकृत आचार्यविरुद्ध प्रहरीद्वारा मुद्दा दायर


 


काठमाडौं । काठमाडौं महानगरपालिकाकी वरिष्ठ शाखा अधिकृत मञ्जु आचार्यविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा दायर गरेको छ ।

उनीसहित रेखा न्यौपाने र मनोज उप्रेतीविरुद्ध पञ्जीकरणसम्बन्धि कसुरमा मुद्दा दायर भएको हो ।

सम्पत्ति खानका लागि नक्कली विवाहदर्ता बनाएको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौं वडा नम्बर ७ मा कार्यरत रहँदा वरिष्ठ अधिकृत आचार्यल समेत सहयोग गरेको देखिएपछि उनलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ ।

उनलाई फरार देखाएर मुद्दा दायर गरिएको छ । रेखा पक्राउ परेकोमा मनोज भने विदेशमा छन् ।

मनोजकै बुबा भव प्रसाद उप्रेतीको जाहेरीका आधारमा प्रहरीले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्