आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, माघ २०

आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार १ सय रहेकोमा आज प्रतितोलामा १ सयले बढेर ५५ हजार २ मा कारोबार भईरहेको छ ।

त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्यमा पनि बढेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ८ सय रहेकोमा आज प्रतितोलामा १ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आज यथावत रहेको छ । हिजो चाँदी प्रतितोला ८ सय १० रूपैयाँ रहेकोमा आजपनि ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्