सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटन मेयरलाई काठमाडौं ल्याइयो


 


काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

इमेज सहकारी घोटालाको आरोपमा मेयर नेपालीसहित उनका दाजु ओमबहादुर नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरेर नेपाल ल्याईएको हो ।

भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।

नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने सीआईबीले जनाएको छ।

पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्।

उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्