कार्यवाहक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा


 


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

अविरल वर्षापछिको बाढी,पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यवहाक प्रधानमन्त्री सिंहले बैठक आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी,पहिरोमा परी हालसम्म १२९ जनाले ज्यान गुमाएका छन् भने ६२ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी ६८ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्