झ्याप्ले खोला पहिरो : बसभित्र भेटियो थप पाँच जनाको शव


 


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोलाको पहिरोमा थप पाँच जनाको शव फेला परेको छ।

आइतबार दिउँसो १स्५० बजे बस भित्रबाट थप पाँच जनाको शव फेला परेको हो।

योसँगै आइतबारमात्रै २१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ।

यसअघि पहिरो खसेको ठाउँबाट हायस निकालिएको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्