बाटोमै एम्बुलेन्स रोकिंदा दुई बिरामीको मृत्यु


 


सिन्धुली । एम्बुलेन्सबीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ ।

पहिरोका कारण सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स रोकिंदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्