तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस हिसाबले साताको कारोबारको पहिलो दिन शक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

शुक्रबारको कारोबारमा चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आइतबार घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्