झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ११ जनाको शव निकालियो


 


काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा पुरिएका थप ११ जनाको शव निकालिएको छ ।

एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् ।

निकालिएका शवमध्ये ९ जना पुरुष र २ जना पुरुषका छन् ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो ।

अहिले बस निकाल्ने काम भइरहेको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्