धादिङको झ्याप्ले खोलामा पुरिएका बस र यात्रुको खोजी जारी, थप तीन शव फेला


 


काठमाडौं । गत विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको झ्याप्ले खोलामा अझै केही सवारी साधन पुरिएको आशंकामा प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायात प्रालिको ना४ख २२७० नम्बरको नवदुर्गा यातायात नामको बस र चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको खबर पाएपछि सुरक्षाकर्मीले खोजी कार्यलाई तिव्रता दिएको छ ।

सुरक्षाकर्मीले खोजीका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्