आजदेखि सुकिला नोट वितरण गरिँदै, कहाँ-कहाँ हुन्छ सटही ?


 


काठमाडौँ, असोज १३ । यस वर्षको दसैं, तिहार र छठका लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले आजदेखि सर्वसाधारणलाई सुकिला नोट वितरण गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरिसकेको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालय सहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए ।

सबै दरका एक÷एक थान गरी प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ ।

साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्