गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन


 


गोरखा, असोज १३ । शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।

शुक्रबार रातिदेखि बस सम्पर्कविहीन बनेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए ।

शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

बसको खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्