बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या एकसय पुग्यो, ६७ जना बेपत्ता


 


काठमाडौं, असोज १३ । बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय पुगेको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँच जनाले ज्यान गुमाएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा एक, उदयपुरमा एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका छन् । हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्