कार्यवाहक प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


 


काठमाडौँ, असोज १३ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।

अविरल वर्षापछिको बाढीपहिरो एवम् विपद्, उद्धार, जनधनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्