आजको विदेशी मुद्राको विनिमय दर कति छ ?


 


काठमाडौँ, असोज १३ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन यूरो १ को खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्