देशभर बाढीपहिरोको वितण्डा : ९९ जनाको मृत्यु, ७२ बेपत्ता


 


काठमाडौं, असोज १३ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टोरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुईजना रहेका छन् ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्