काठमाडौंमा बाढीले ग्यास बुलेट बगायो


 


काठमाडौँ, असोज १२ । काठमाडौंमा बाढीले एउटा ग्यास बुलेट बगाएको छ । शनिबार बिहान हनुमन्त नदीले ग्यास चुहिँदै गरेको अवस्थामा ग्यास बुलेट बगाएको हो ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्थ्यो ।

प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् ।

ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्