काठमाडौंमा दुई जनाको मृत्यु, एकजना बेपत्ता


 


काठमाडौं, असोज १२ । विपदमा परेर काठमाडौंमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

हालसम्म तीन जनाको मानवीय क्षति भएको प्रारम्भिक विवरण आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य जानकारी दिए ।

उनका अनुसार बल्खु खोलामा एकको शव भेटिएको छ भने किर्तिपुरमा रुखले किचेर अर्का एकको मृत्यु भएको छ । स्वयम्भुमा एकजना चालक हिजोदेखि खोलाले बगाएर वेपत्ता छन् ।

त्यस्तै त्रिपुरेश्वरको वंशीघाटमा १९२ घर डुवानमा परेका छन् । सुरक्षाकर्मीहरु उद्धारमा तैनाथ गरिएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्