नौबिसे–नागढुङ्गा सडक खण्डमा पहिरोले बस पुर्यो


 


धादिङ, असोज १२ । धादिङको नौबिसे–नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ ।

सड़कमाथिबाट खसेको पहिरोले बस पुरिएको हो । बसका यात्रु सकुशल रहेका छन् । यस्तै ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएको छैन ।

पहिरो आउने क्रम रोकिएको छैन । पहिरो खसे पछि सवारी साधनहरू बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्