दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


 


काठमाडौं, असोज १२ । दशैँका लागि आजदेखि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।

टिकट लिन शनिबार बिहानैदेखि काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरुको भिँड लागेको छ ।

चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । अग्रिम टिकट बुकिङ अनलाइनबाट समेत गर्न सकिने व्यवस्था गरिएको छ ।

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने÷गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्