पृथ्वी र त्रिभुवन राजमार्ग अवरुद्ध, ठाउँ–ठाउँमा पहिरो


 


काठमाडौँ, असोज १२ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ ।

पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन राजमार्गको सिस्ने खोलामा लेदोले सडक अवरुद्ध बनेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदी र काठमाडौँ नजिकै त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्