मुग्लिङ–नारायणगढ सडक अवरुद्ध, बिचमै फसे यात्रु


 


काठमाडौँ, असोज १२ । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

सडक खण्डको नौं किलो भन्ने स्थानमा सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा पहिरो खसेपछि सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । सवारीसाधन र यात्रु बिच बाटोमै फसेका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्