एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स् छात्रवृति घोषणा


 


काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स् छात्रवृतिको घोषणा गरेको छ ।
बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्