सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु


 


सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ ।

“हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये केहीको जलेर र अरूलाई गम्भिर चोटपटक लागेर मृत्यु भएको छ”, एल–फाशर शिक्षण अस्पतालका एक स्रोतले बताए ।

सुडानको दुर्दशा र विशेष गरी एल–फाशर शहर बारेयस हप्ता न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा छलफल भएको छ ।

“हामीले युद्धरत पक्षलाई एल–फाशर, खार्तूम र अन्य उच्च जोखिममा रहेका क्षेत्रमा मानवीय विरामहरू स्वीकार गर्न बाध्य पार्नै पर्छ,”संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले बुधबार भन्नुभएको हो ।
अर्धसैनिकहरूले मे महिनादेखि एल–फाशरलाई घेरा हालेका छन् ।

सुडानको युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एल–फाशरमा भएको आक्रमणमा विशेष चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्