बागमती लगायत देशका अधिकांश स्थानमा भारी वर्षा, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ ११ असोज । देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको विवरणमा राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पर्सी आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ ।
यस्तै निरन्तरको वर्षासँगै उपत्यको बागमती, विष्णुमतीलगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ ।
त्यस्तै वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार