लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ


 


धनगढी । कैलाली प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले ६ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्