झण्डै दुई घण्टा होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः अवतरण गर्न सफल


 


काठमाडौँ । खराब मौसमका कारण झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ । २ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो । अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो ।

एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए । त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले निकै समय आकाशमा गुजार्नु परेको थियो ।

यसैगरी दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय ‘होल्ड’ भएर अवतरण गरेको छ ।

खराब मौसमका कारण विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । कतिपय घरेलु उडान रद्द भएका छन् भने केहीमा विलम्ब भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्