विवादका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस


 


काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।

न्याय परिषद्ले बैठक राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको थियो । आफूहरुको माग सम्बोधन बिनै सिफारिस गरिएको भन्दै बार आक्रोशित बनेको छ।

बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर मात्रै न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्