सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ


 


काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको छ ।

एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए ।

पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो ।

प्रहरीका अनुसार उनी बिहानदेखि साँझसम्म वृन्दावनस्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ने, राति एउटा सामान्य कोठामा गएर सुत्ने गरेका थिए । उनी भारतकै असम, ओडिसाका साथै नेपालमा समेत लुक्ने कोसिस गरे पनि अन्ततः वृन्दावन पुगेर साधुको भेषमा बस्दै आएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्