२१ खर्ब विदेशी मुद्रा सञ्चित, विद्यार्थीले लगे १५ अर्ब


 


काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउन महिनामा मुलुकको अर्थतन्त्र बलियो देखिएको छ । सो महिनासम्ममा सरकारको चालू खाता ३० अर्ब ८९ करोड रुपैयाँ बचतमा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १३ अर्ब ३७ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ ।

अर्थशास्त्रीहरूका अनुसार चालू खाता केही न केही बचतमा रहनु राम्रो मानिने भए पनि नेपालजस्तो मुलुकका लागि यति धेरै बचत हुनु नराम्रो मानिन्छ । आयातमा देखिएको गिरावट र रेमिट्यान्समा भइरहेको लगातारको वृद्धिले गर्दा चालू खाता बचत अकासिएको हो ।

हाम्रोजस्तो अति कम विकसित मुलुक र आयातमा निर्भर अर्थतन्त्रका लागि यो निकै खराब परिस्थिति मानिने गरिन्छ । चालू खातामा भइरहेको यति धेरै वृद्धिले मुलुकमा ‘विकासका गतिविधि रोकिएका’ र ‘उपभोगमा कमी आएको’ संकेत गर्छ ।

अहिले सरकारलाई राजस्व कम भएर खर्च धान्नै धौधौ पर्नुको मुख्य कारण पनि यही हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्