५० लाख असुलीमा संलग्न काठमाडौं परिसरका दुई प्रहरी पक्राउ


 


काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन् ।

हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ ।

गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए । दुई दिन थुनामा राखेपछि संलग्नता देखिएको भन्दै छाडिएको थियो ।

यसबीचमा बिचौलिया तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएका थिए । हवल्दार खड्कासँगै मिलेर उनले सो पैसा असुलेको छानविनले पुष्टि गरेको छ ।

एसपी प्रजित केसी नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा दुई प्रहरीविरुद्ध आपराधिक लाभ मुद्दामा कारबाही अघि बढेको हो ।

बिचौलिया तामाङ भने फरार छन् । तामाङले आचार्यलाई नेपाल बोलाएर पक्राउ गराएका थिए ।

यो घटनामा परिसरका इन्सपेक्टर प्रतीक सिंहलाई मातहतका प्रहरीलाई राम्रोसँग कमाण्ड र नियमन गर्न नसकेको भन्दै सचेत गराइएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्