वर्षाका कारण आन्तरिक उडान प्रभावित


 


काठमाडौं, असोज ११ । देशका अधिकांश भू–भागमा शुक्रबार बिहानैदेखि पानी पर्न थालेपछि आन्तरिकतर्फको उडान प्रभावित भएको छ ।

बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

उनका अनुसार भिजिबिलिटी कमजोर भएका कारण जनकपुर, सिमरा, पोखरा धनगढी लगायत अधिकांश विमानस्थलहरूमा त्रिभुवन विमानस्थलबाट उडान हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान र अवतरण भने भइरहेको उनले जानकारी दिए । उनले काठमाडौं विमानस्थलम अहिलेको भिजिबिलिटी तीन हजार रहेको जानकारी दिए ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्