पूर्वराज ज्ञानेन्द्र शाह भुटान जाँदै


 


काठमाडौं, असोज ११ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान जाने भएका छन् ।

निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिए ।

भुटान भ्रमण कति दिनको हुने र भुटानमा रहँदा उनले केके गर्ने भन्नेबारे भने खुलिसकेको छैन ।

यद्यपि भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्