कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, असोज ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी युरो १ को खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्