पहिरोले घर पुरियो, ९ जनाको परिवार विस्थापित


 


बैतडी, असोज ११ । बैतडीमा पहिरोले एक घर पुरिको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर गएराति १२ खसेको पहिरोले पुरेको हो ।

पहिरोले घर पुरिँदा ९ जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् ।

पहिरो आउन संकेत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्