थप २० मिटर मापदण्ड विवादसम्बन्धी मुद्दा हेर्न नमिल्नेमा


 


काठमाडौँ । खोला किनाराको थप २० मिटर मापदण्ड कायम गर्ने फैसला रुद्ध सरकारले दर्ता गरेको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भएको छ। न्यायाधीश सपना प्रधान मल्लले यसअघि संयुक्त इजलासबाट २० मिटर मापदण्डका विषयमा अन्तरिम आदेश जारी गरेकोले उनले हेर्न नमिल्ने भएको हो ।

मल्ल र आनन्दमोहन भट्टराईको इजलासले २०७६ सालमा अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेशमै टेकेर सर्वोच्चले २०८० पुस ३ गते फैसला सुनाएको थियो ।

सरकारले उक्त फैसला कार्यान्वयन गर्न नसकिने भएकाले पुनरावलोकन हुनुपर्ने माग गरेको छ। सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने तीन आधार देखाउँदै पुनरावलोकनको माग गरेको छ।

दुई न्यायाधीशको इजलासले फैसला सुनाएकाले उक्त फैसला पुनः जाँच गर्ने आदेश पूर्ण (तीन न्यायाधीशको) इजलास गठन भएको थियो । सरकारले उपत्यकाको खोला किनारामा थप २० मिटर कायम गर्न आर्थिक रूपमा सम्भव नभएको, धेरै जनताको आवासको हक हनन हुने देखिएकाले पुनरावलोकन हुनुपर्ने जिकिर गरेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्