इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना यूएईबाट पक्राउ


 


काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई यूएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा यूएईबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेको जानकारी भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्