पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध, आवतजावत ठप्प


 


डडेल्धुरा, असोज १० । सुदूरपश्चिमका साता पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पहिरो खस्दा अवरुद्ध भएको छ ।

लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्