जयपृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध


 


बझाङ, असोज १० । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

बुधबार रातिदेखि जयपृथ्वी राजमार्ग अन्तर्गत बालुवाटार , जालेबगर र सुबेडामा पहिरो खस्दा सडक अवरुद्ध बनको हो ।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरु रोकिएका छन् ।

सडक खुलाउन प्रयास गरिएपनि पहिरो खस्नेक्रम नरोकिँदा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्