स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु


 


काठमाडौँ, असोज १० । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्दैछ ।

निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार आज (असोज १०) देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ ।

निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्